कोरोना भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित, २४ घण्टामा १४८० को मृत्यु

विदुर खबर २०७६ चैत २२ गते २१:३४

एजेन्सी । कोरोना भाइरसको त्रास पूरै दुनियाँमा रहेको छ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकालाई पनि यसले घुँडा टेक्न बाध्य बनाएको छ । अमेरिकाको स्थिति झन् बिग्रदै गएको छ ।

Advertisement

योसँगै अमेरिकामा २४ घण्टामा करिब १४८० जना मानिसहरुको मृत्यु भएको छ । यो महामारी फैलिएसँगै विश्वको कुनै पनि देशमा २४ घण्टामा मृतकको सबैभन्दा अधिक संख्या हो । बिहीबार राति साढे ८ बजेदेखि शुक्रबारको सोही समयसम्मा त्यति संख्यामा मानिसहरुको मृत्यु भएको हो ।जोन होपकिंग यूनिभर्सिटीका अनुसार, अमेरिकामा २ लाख ७८ हजार भन्दा धेरै मानिसहरु संक्रमित भएका छन् । जबकि ७ हजार १६३  भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।

यसैगरी करिब १२ हजार मानिसहरु स्वस्थ भएका छन् । संक्रमितको लगातारको बढ्दो संख्यालई मध्यनजर गर्दे अमेरिकी सरकारले आगामी २ दिनमा स्थिति अझैँ भयानक हुने बताएको छ । यति ठूलो संखयामा मानिसहरुको मृत्युका बाबजुद पनि ट्रम्पले हालसम्म अमेरिकामा लकडाउनको घोषणा गरेका छैनन् । यद्यपी सरकारले घरमा बस्नका लागि भने आदेश जारी गरेको छ ।

Advertisement

कोरोना भाइरसबाट विश्वमा हालसम्म ५९ हजार १४१ जना मानिसहरुको मृत्यु भइसकेको छ । यसैगरी संक्रमितको संख्या १० लाख ९८ हजार पुगेको छ भने २ लाख २८ हजार ४०५ जना व्यक्तिहरु स्वस्थ पनि भएका छन् ।यसैगरी कोरोनाको त्रास व्रिटेनमा पनि बढ्दो क्रममा रहेको छ । व्रिटेनमा २४ घण्टामा ६८४ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार ६०५ पुगेको छ ।

प्रतिक्रिया