धादिङको ज्वालामुखीबाट अवैध काठ सहित ट्रक बरामद
धादिङ। धादिङको ज्वालामुखी गाउँपालिकाबाट अवैध काठ सहित काठ बोक्ने स्वराज ट्रक बरामद गरिएको छ ।
सरकारले कोभिड १९ बाट बचाउन गरेकोलकडाउनकोसमयमामानिसहरुघरभित्रैबसेकोअवस्थामा यसरी तस्करी गरिएको प्रहरीलेफेला पारेकोहो।प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं १ को साविक मैदी र खरीको सिमानामा रहेको ढल्पु सामुदायीक बनबाट अवैध सालको काठ र ट्रक बरामद गरेको हो ।
अबैध रुपमा चिरान गरेका ३७ थान ६० दशमलव ७३ क्यू.फिट सालको काठ र बा ४ ख १७२७ नम्बरको स्वराज ट्रकलाई पक्राउ गरेको हो । काठ ओसार प्रसारमा संग्लन हुने र ट्रक चालक तथा धनी ज्वालामुखी गाउँपालिका २ का ३२ बर्षीय भिम बहादुर गुरुङ फरार रहेकाले खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
बरामद गरिएको काठ र ट्रक भने डिभिजन बन कार्यालय धादिङमा राखिएको धादिङका सव–डिभिजनल वन अधिकृत लोकनाथ लम्सालले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया