संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूखुसी राहत वितरण गर्न रोक

विदुर खबर २०७६ चैत २२ गते १६:५२

नुवाकोट । कोरोनाबाट प्रभावित नागरिकलाई निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाड्न नपाउने भएका छन् ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको हो ।कारोनाको सम्भावित संक्रमणका कारण प्रतिकूल अवस्थामा सरकारले लकडाउन घोषणा गरेका छन् । यसबेला दैनिक ज्यालादारी गरेर खानुपर्ने समुदाय समस्यामा परेको छ । खासगरी असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, विपन्न तथा असहायहरूलाई दैनिक जीवनयापत गर्न स्थानीय तहबाट राहत उपलब्ध गराउने काम सुरु भएको छ । यस अवस्थामा विभिन्न व्यक्ति, संघसंस्था, सरकारी तथा गैसरकारी निकायबाट उपलब्ध गराउने राहत स्थानीय तहमा जम्मा गर्ने र एकद्वार प्रणालीबाट मात्र वितरणको व्यवस्था मिलाउन मन्त्रालयले स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

स्थानीय तहले वितरण भएको राहतको दैनिकविवरण समेत मन्त्रालयमा पठाउनु पर्ने भएको छ । त्यसो त, सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषलाई समेत एकद्वार बनाउने निर्णय गरिसकेको छ । अब कोरोना नियन्त्रण तथा उपचारका नाममा अर्को कोष बनाउन पाइने छैन । सरकारले बनाएको कोषमै सबै रकम जम्मा गर्नुपर्ने निर्णय सरकारले गरेको छ । उठिसकेको पैसा पनि सोही कोषमा ल्याउनुर्ने प्रावधान रहेको छ ।

Advertisement

प्रतिक्रिया