नुवाकोटमा विदेशबाट आएका ४ सय २५ जना होम क्वारेन्टाइनमा
विदुर खबर
२०७६ चैत २१ गते १७:०४


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटमा कोरोना भाइरस (कोभिड १९) को त्रास बढेपछि जिल्ला भित्रने स्थानीयको तथ्यांक लिन थालिएको छ ।
फागुन ३० देखि चैत २० सम्ममा चार सय २५ जना भारत र तेस्रो देशबाट आएका मात्रै छन्। कोरोना भाइरसको संक्रमणको आंशका बढेपछि बाहिरबाट आएर जिल्ला प्रवेश गर्नेहरुको लगत संकलन गरी सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । उनीहरु सबैलाई वडा कार्यालयको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।
विदेशबाट आउनेमा भारत, दुबई, मलेसिया, दक्षिण कोरिया, नर्वे, अमेरिकाबाट आउने धेरै छन् ।
सम्बन्धित
प्रतिक्रिया