कुवेतमा कोरोना भाइरसबाट एक नेपाली संक्रमित

विदुर खबर २०७६ चैत २० गते ११:००

नुवाकोट । कुवेतमा एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

Advertisement

कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार २८ जना संक्रमित पहिचान भएको बेला एकजना नेपाली कामदारमा पनि देखिएको हो। उनको अवस्था स्थिर छ। कुवेतमा काेराेना संक्रमितको संख्या ३ सय १७ पुगेको छ। दूतावासले कोरोना भाइरसबाट बच्नको लागि उच्च सर्तकता अपनाउनको लागि नेपाली समुदायलाई आग्रह गरेको छ।

कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन्।

Advertisement

प्रतिक्रिया