कोरोनाको कहरमा पनि कमिसन चक्कर

विदुर खबर २०७६ चैत १५ गते २०:५८

काठमाडौं । कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी पैसामा जहाज चार्टर गरेर व्यापारीको सामान ल्याउन चीन पठाएका छन्।

Advertisement

चीन सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक सबै सामान आफै दिने भनेर सूची मागेकाे थियो। तर सरकारले आवश्यक सामान चीनसँग माग्नुको साटो ब्यापारीसँग किन्ने गरी आफैंले विमान चार्टर गराएर चीन पठाएका हुन्

सरकारले शनिबार चीनको गौन्जाउबाट कोरोनाको परीक्षणका लागि मेडिकल सामान ल्याउने भन्दै नेपाल एयरलाइन्सको वाइडबडी चार्टर गरेर चीनतर्फ उडाइसकेको छ। तर, यो चार्टर जहाजमा चीनले नेपाललाई निःशुल्क र निशर्त सहयोग गर्ने भनिएका स्वास्थ्य सामग्री आउने छैनन्। यसमा त व्यवसायीले खरिद गरेको ८० टन सामान आउनेछ।

Advertisement

व्यवसायीकै सामान भएका कारण स्वास्थ्य मन्त्रालयका कुनै पनि प्रतिनिधिसमेत उक्त जहाजमा सामान लिन गएका छैनन्। जसमा व्यवसायीले सरकारलाई तत्काल बेच्ने ३० टन सामान र बाँकी व्यवसायीकै ५० टन सामान आउने स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ। केन्द्रीय सरकारलाई बेचेर बाँकी रहेको ५० टन सामान पनि व्यवसायीले प्रदेश र स्थानीय तहलाई बेच्नेछन्। नेपाल सरकारले प्रदेश र स्थानीय सरकारलाई कोरोना भाइरसका नामका आउने कुनै पनि सहयोग लिन रोक लगाएको छ। एकद्वार नीति कार्यान्वयन गर्ने भन्दै सरकारले स्वास्थ्य सामग्री किन्न पैसा विनियोजन समेत गरिसकेको छ। प्रदेश र स्थानीय तहलाई पनि यहीअन्तर्गत सरकारले सामाग्री किनाउनेछ। स्थानीय तथा प्रादेशकअन्तर्गतका केही सरकारले सामान खरिदका लागि सूचना प्रकाशन गरिसकेका छन्। शुक्रबारमात्रै सुदूरपश्चिम सरकारले सामान खरिदको लागि सूचना जारी गरिसकेको छ।

नेपालमा अरु व्यापारीसँग कोरोना परीक्षण तथा रोकथामका लागि प्रयोग हुने सामान नभएका कारण अहिले जहाज चार्टर गरी सामान ल्याउने व्यवासायीले मात्रै बेच्नेछन्। सबै तहलाई एउटै मूल्यमा बेच्ने सामानको कमिसन केन्द्रीय सरकारका सीमित व्यक्तिलाई आउनेछ।

Advertisement

कसरी सेटिङ भयो?
नेपाल एयरलाइन्समार्फत् व्यवसायीको सामान ल्याउने सेटिङमा तीन पात्र रहेका छन्। एक पात्र हुन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल। अर्को पात्र कोराना भाइरस रोग रोकताथ तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन्। तेस्रो व्यक्ति भने प्रधानमन्त्री केपी ओलीका नजिकका व्यवसायी गोविन्द थापा हुन्।

नेपालको स्वास्थ्य मन्त्रालय निःशुल्क सहयोगमा आएको सामाग्रीभन्दा सामान खरिद गर्दा कमिसन हात लाग्ने हुनाले व्यापारीहरुप्रति बढी आकर्षित भयो।

चीन सरकारले नेपालसँग ‘तिमीहरूलाई चाहिने मेडिकल सामानको लिस्ट देऊ’ भनेर एक साताअघि नै भनेको थियो। तर, सरकारले समयमै सामानको लिस्ट दिन सकेन। केही ढिला गरेर मात्रै नेपाल सरकारले सामानको लिस्ट पठायो। सरकारले पठाएको लिस्टअनुसारको केही सामान व्यवस्थापन गरेर चीनले दूतावसको जिम्मा पनि लगाइसकेको छ भने अन्य सामान व्यवस्थापन गर्दैछ। जुन सामान ल्याउन दूतावास आफैं लागिपरेको छ।

दूतावास चाहन्थ्यो, सहयोग गरिएको सामान यथाशीघ्र नेपाल सरकारले काठमाडौं झार्न तत्परता देखाओस्। तर नेपालको स्वास्थ्य मन्त्रालय निःशुल्क सहयोगमा आएको सामाग्रीभन्दा सामान खरिद गर्दा कमिसन हात लाग्ने हुनाले व्यापारीहरुप्रति बढी आकर्षित भयो।

यसैबीचमा सरकारको बोलपत्र
यही प्रक्रिया चलिरहेको बेला सरकारले आफूलाई चाहिने मेडिकल सामान खरिदको लागि भन्दै सूचना प्रकाशन गर्‍यो। सूचना प्रकाशित भएपछि दुई जना स्वास्थ्य मन्त्रालय तथा मन्त्रीकहाँ पुगे। स्वास्थ्यमन्त्रीले उनीहरूलाई जिम्मा लगाउने तयारी गरे। तर, त्यसको विरोध भयो। पार्टीभित्रबाटै भिम रावल र माधवकुमार नेपालले समेत विरोध गरे। विरोधको आवाज बढ्न थालेपछि मन्त्रालयले त्यो प्रक्रिया रोक्यो। यो खेलमा स्वास्थ्यमन्त्री र रक्षामन्त्री लागिपरे। पहिले उक्त सामान बाटो खोल्ने निर्णय गरेका स्थल नाकाबाट ल्याउन ढिलो हुने भएपछि सरकारी पैसामै जहाज चार्टर गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ।

केही दिनअघिमात्रै रक्षामन्त्री ईश्वर पोखरेलले शनिबार साँझसम्म जसरी र जहाँबाट भएपनि सामान ल्याउने ठोकुवा गरेका थिए। यो सबै सेटिङअनुसारकै काम थियो। तर, सरकारले भने यीबीचमा व्यवसायीलाई सामान संकलन गर्न भनेको थियो। सोहीअुनसार व्यवसायीले ८० टन सामान गोन्जाउमा जम्मा पारेका छन्। त्यही सामान लिएर नेपाल एयरलाइन्स चीनबाट आउनेछ।

यसरी व्यवसायीले ल्याएको सामानमध्ये ३० टन तत्काल नै केन्द्रीय सरकारले खरिद गर्नेछ। त्यसपछिको बाँकी रहेको ५० टन सामान पनि प्रदेश सरकारले केन्द्रीय सरकारसँग मागेपछि टेन्डरमा उनै व्यवसायीहरुसँग खरिद गरेर दिने प्रपञ्च छ।

अलिबाबा डटकमको नेतृत्वको व्यापारीको सामान मंगलबार आउँदै
सरकारले आज व्यापारीको सामान ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर गरेको हो भन्ने विषयमा यसबाट पनि पुष्टि हुन्छ। किनकी झन्डै एक साताअघि चिनियाँ अर्बपति व्यापारीहरुले नेपाललाई सहयोग गर्न लागेको सामान नेपाल ल्याउन जहाज सहयोग गर्न उनीहरुले स्वास्थ्य मन्त्रालयमा पत्र दिएका थिए।

व्यवसायीले ल्याएको सामानमध्ये ३० टन तत्काल नै केन्द्रीय सरकारले खरिद गर्नेछ। त्यसपछिको बाँकी रहेको ५० टन सामान पनि प्रदेश सरकारले केन्द्रीय सरकारसँग मागेपछि टेन्डरमा उनै व्यवसायीहरुसँग खरिद गरेर दिने प्रपञ्च छ।

पत्रसँगै उनीहरुका प्रतिनिधिले समेत मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई भेटका थिए। उनीहरुलाई स्वास्थ्यमन्त्री भेट्न जाँदा मन्त्री सचिवको चेम्बरमा मिटिङमा व्यस्त थिए। व्यवसायीले ५० टन सामान सहयोग गर्ने र जहाजको भाडा पनि आफैं तिर्ने भनेका थिए। तर, सरकारले यसमा कुनै चासो दिएन। त्यसपछि व्यवसायीहरुले चाइना साउर्दनको विमानबाट ‍सामान ल्याउने तयारी गरेका छन्। स्रोतका अनुसार उक्त सामान मंगलबार नेपाल आइपुग्नेछ। यी सामग्री चिनियाँ अर्बपति व्यवसायीको नितान्त सहयोग हो।

जिटुजीको प्रस्ताव चीनबाट अस्वीकार
सरकारले चीनसँग मेडिकल सामान जिटुजीमा खरिद गर्ने प्रस्ताव राखेको थियो। तर, चीनले ‘तिमीहरुलाई आवश्यक सबै सामान हामी आफैंले सहयोग गर्ने’ भनेपछि किन जिटुजी गर्न आवश्यक भन्दै अस्वीकार गरेको थियो।

त्यसपछि सरकारमा सहभागी केही व्यक्तिले व्यवसायीसँगको कमिसनको लोभमा परेर चीनबाट सामान ल्याउने भन्दै नेपाल एयरलाइन्सको जहाज चार्टर गरेका हुन्।

चीनले दिएको सामान ल्याउन दूतावासको तयारी
चिनियाँ दूतावास अहिले नेपाल सरकालाई चीनले सहयोग गर्न लागेको मेडिकल सामान नेपाल ल्याउने तयार गरिरहेको छ। कतिपय सामान रसुवागढी नाका भएर नेपाल आउने क्रममा छन् भने कतिपय सामान केही दिनमा जहाज चार्टर गरेर ल्याउने तयारी छ। चीनले कोरोनाको नमूना परीक्षणलगायत पिपिईलगायतका उपकरण ठूलो मात्रामा सहयोग गर्ने भएको छ।

नेपालबाट गोन्जाउ गएर आउन जहाजलाई करिब १० घन्टा समय लाग्छ। चार्टरमा साढे २ करोडभन्दा बढी रकम खर्च हुनेछ।

 

नेपाल लाईभबाट ।

 

प्रतिक्रिया