धादिङबेंसीमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु

विदुर खबर २०७६ चैत १५ गते १७:४१

धादिङ । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन धादिङ सदरमुकाम धादिङबेंसीमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किन सुरु गरिएको छ ।

Advertisement

बजार क्षेत्रलाई जिवाणुमुक्त बनाउन भन्दै नीलकण्ठ नगरपालिकाले यहाँका विभिन्न चोक तथा टोलमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो । धादिङका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम क्षेत्र पुग्नुपर्ने भएकोले शनिबार पुछारबजारदेखि सिरानबजारसम्मै उक्त किटनाशक औषधि छर्किएको छ।

यसैबीच कोरोना संक्रमण देखिएकी फ्रान्सबाट आएकी युवतीसँग कतार एयरवेजमा आएका धादिङका चार जनामध्ये दुई जना पनि घरमै क्वारेन्टाइनमा बसेका छन्। गजुरी गाउँपालिका–२ का सुधा पन्त र सीताराम पन्त स्थानीय स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टाइनमा बसेका गाउँपालिका अध्यक्ष राजेन्द्रविकक्रम बस्नेतले बताए।

 भारतीय नाका सुनौलीबाट पाँच दिन लगाएर धादिङबेंसी आइपुगेका नीलकण्ठ–१, भदौरेका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ। योसँगै सदरमुकामस्थित क्वारेन्टाइन कक्षमा बस्नेहरुको संख्या १८ पुगेको छ। विदेश तथा भारतबाट फर्केका उनीहरुलाई सदरमुकामस्थित डिभिजन वन कार्यालयको नवनिर्मित भवनमा बनाइएको क्वारेन्टाइन कक्षमा राखिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताए।

प्रतिक्रिया