सामान्य अबस्थामा सास फुल्छ ? गम्भीर समस्या हुनसक्छ !
काठमाडौं । हिँड्दा अक्सर सास फुल्ने गर्छ । कसैलाई थोरै हिँड्दैमा सास फुल्छ भने कसैलाई दौडिँदा मात्र । यो समस्या जोकोहीलाई हुन सक्छ । बढ्दो उमेरसँगै मानिसमा यो समस्या बढेर जान्छ । तर, यदि सामान्य हिँडडुलमा पनि सास फुल्छ भनेचाहीं विशेष सजगता अपनाउन जरुरी छ । अन्यथा, यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।
यस्ता छन् कारणहरु
सास फुल्नु भनेको शरीरमा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नसक्नु हो ।
जब शरीरमा अक्सिजनको कमीका कराण फोक्सोले राम्ररी अक्सिजन लिन सक्दैन, त्यतिबेला फोक्सोले बाहिरी वातावरणबाट सास लिने प्रयत्न गर्छ । त्यही क्रममा फोक्सोले छिटो-छिटो सास लिन खोज्दा फोक्सोमा अनावश्यक दबाब पर्ने गर्छ, जसका कारण सास फुल्छ ।
सामान्यतया यो समस्या दुई तरीकाबाट रोक्न सकिन्छ । पहिलो, शरीरमा अक्सिजनको आपूर्तिका लागि बाहिरबाटै अक्सिजन दिने । दोस्रो, समस्यालाई नियन्त्रणको कोशिस गर्ने ।
एनिमियाको समस्या
रगतद्वारा शरीरमा अक्सिजनको प्रवाह हुने गर्छ । तर, शरीरमा अक्सिजनको प्रवाह गर्ने रगतको कमी भएमा त्यसलाई रक्तअल्पता वा एनिमिया भन्ने गरिन्छ ।
एनिमिया भएमा रगतले शरीरमा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति गर्न सक्दैन, जसका कारण मानिसलाई सास फुल्ने समस्या हुने गर्छ ।
मोटोपना
धेरै मानिसमा मोटोपनको समस्या हुन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६को तथ्यांकअनुसार नेपालमा मात्र १५ देखि ४९ वर्ष समूहका करिब २२ प्रतिशत महिला र १७ प्रतिशत पुरुष मोटोपनको शिकार छन् ।
गलत खानपान, विलासी जीवनशैली तथा व्यायामको कमी पनि यसका प्रमुख कारण हुन् । मोटोपना भएमा शरीरमा अतिरिक्त बोसोका साथमा अतिरिक्त तरल पदार्थ वा पानीको मात्रा बढ्ने गर्छ । शरीरमा अतिरिक्त तौल बढेमा हिँड्न कठिनाइ हुने र सास फुल्ने गर्छ ।
परिणामस्वरुप, मोटा मानिसहरुलाई भर्याङ चढ्दा, उकालो लाग्दा तथा छिटो-छिटो हिँड्दा स्वाँस्वाँ हुने गर्छ । त्यस्ता मानिसलाई चिकित्सकहरुले तौल घटाउन सुझाउने गरेका छन् ।
मृगौलाको रोग
मोटोपना मात्र नभई मृगौलासम्बन्धि रोगका कारण पनि मानिसलाई सास फुल्ने समस्या देखिन्छ । खासगरी, मृगौला रोगबाट पीडित मानिसहरु छिटो हिँड्दा, दौडिँदा र भर्याङ चढ्दा सास फुल्ने समस्या हुन्छ ।
मुटुसम्बन्धि रोग
मुटुसम्बन्धि समस्या भएको मानिसको मुटु कमजोर हुने गर्छ । त्यसका कारण मुटुले अतिरिक्त भार सहन सक्दैन । र, सास फुल्ने समस्या हुने गर्छ ।
त्यति मात्र होइन, कुनै कारणवस मुटुमा समस्या भएमा पनि राम्ररी रगतलाई पम्प गर्न सक्दैन । सोही कारण मुटु र फोक्सोको सन्तुलन बिगि्रन्छ । र, फोक्सोमा दबाब उत्पन्न भई सास फुल्ने समस्या उत्पन्न हुने गर्छ ।
यस्तै, जन्मजात मुटु रोग भएमा पनि शरीरमा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नसकी शरीर नीलो पर्ने, हातका औंला र ओठ नीलो हुने तथा सास फुल्ने गर्छ ।
उपचारविधि
सास फुल्ने समस्या नियन्त्रण र रोकथामका लागि सबैभन्दा पहिले यसबारे जान्न जरुरी छ । यस्तै, छातीको एक्सरे, सिटी स्क्यान, रगतको जाँचद्वारा पनि यसको उपचार गर्न सकिन्छ ।
यदि यो समस्या फोक्सोका कारण भएको हो भने सम्बन्धित चिकित्सकको परामर्श र उपचार आवश्यक हुन्छ । छाती रोग विशेषज्ञबाट पनि उपचार गर्न सकिन्छ । समस्या मुटुको रहेछ भने मुटु रोग विशेषज्ञसँग परामर्श र उपचार गराउनुपर्छ ।
-OnlineKhabar
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया