बागमती प्रदेशले स्थापना गर्‍यो १० करोडको कोरोना राहत कोष

विदुर खबर २०७६ चैत ११ गते २१:१४

हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) उपचार कोषको स्थापना गरेको छ ।

Advertisement

प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । कोषमा रकम जम्मा गर्न सरकारले सर्वसधारणलाई समेत आव्हान गरेको छ ।

यसैगरी मंगलबार नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।

Advertisement

प्रतिक्रिया