विद्युत प्राधिकरणले कर्मचारीलाई भन्यो-कार्यक्षेत्र नछाड्नू, फोन अफ नगर्नू
नुवाकोट । नेपाल विद्युत् प्राधिकरणले सबै वितरण प्रमुखहरुलाई तोकिएको कार्यक्षेत्र नछोड्न निर्देशन दिएको छ ।
आफ्नो कार्यक्षेत्रमा तोकिएको जिम्मेवारी उत्तरदायी ढंगले पुरा गर्न प्राधिरकणले कर्मचारीहरुलाई सर्कुलर जारी गरेको छ ।
मिटर सिकायत, नो लाईट सेवा, मर्मत सम्भार र सिफ्ट ड्युटी संबन्धित (उत्पादन, प्रसारण, बितरण) कर्मचारिहरु खटाइएअनुसार अन ड्युटी कार्यरत रहनु पर्ने नियम बनाइएको छ । अन्य सबै कर्मचारीहरु फोन गरेपछि कुनै पनि बेला कार्यालय र फिल्डमा उपलब्ध हुने गरी घर निवासमा नै रहन र बाहिर नजान पनि निर्देशन दिइएको छ ।
कसैले पनि फोन स्विच अफ नराख्न पनि भनिएको छ । आएका सबै फोन रिसिभ गर्न भनिएको छ । ‘फोन मा लामो कुरा गर्दा अर्को महत्वपुर्ण, जरुरी वा इमर्जेन्सी खबर गर्न खोजिरहेको ब्यक्तिले सन्देश प्रवाह गर्न नपाउने हुँदा यसमा बिशेष ध्यान दिनुस्, किनकी यो अत्यन्त सम्बेदनशील घडी हो,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले कर्मचारीलाई जानकारी दिँदै भनेका छन् ।
सबै उपमाहनिर्देशकहरुले हरेक दिन बेलुका अनिवार्य प्रवन्ध निर्देशकलाई रिपोर्टिङ गर्न र अवश्यक परेमा कुनै पनि बेला फोन सम्पार्क गर्न वा भेट्न समेत सूचनामा भनिएको छ ।कुनै पनि कठिन परिस्थिति आएमा वा आउने पूर्बानुमान भएमा तत्काल आफ्नो माथिल्लो निकायलाई जानकारी गराउन र आˆनो स्वास्थ्यलाई उच्च ख्याल राख्दै ‘हामी सबैसँगै छौं’ भन्ने भाबना र उच्च मनोबलका साथ जिम्मेवारीमा समर्पित भइरहन निर्देशन दिइएको छ ।
प्राधिकणले कुनै पनि बेला कुनै सूचना वा सर्कुलर जारी गरेमा आफू बेखबर नहुने गरी प्राधिकरणको वेबसाइट इमेल लगायतसँग जोडिइरहन पनि निर्देशनमा भनिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया