कोरोना प्रभाव : अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने

विदुर खबर २०७६ चैत १० गते २०:४०

नुवाकोट । एक सातासम्मका लागि लकडाउन गर्ने सरकारको निर्णयसँगै अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्‍चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालयका प्रमुखले बिदा दिन निर्देशन दिएको छ।

यस्तै, उक्त निर्णयको ५ नम्बर बुँदामा भनिएको छ,’औषधि तथा स्वास्थ्य उपकरण,खाद्यवस्तु,खानेपानी,दूध,इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्‍चालित अन्य उद्योग,कलकारखानाहरुमा काम गर्ने श्रमिक,कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।’

प्रतिक्रिया