कोरोना भाइरसको जोखिमका कारण कुवेतमा अनिश्चितकालीन कर्फ्यु
विदुर खबर
२०७६ चैत ९ गते २१:२७
कुवेत । कोरोना भाइरसको जोखिमका कारण कुवेत सरकारले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।
२२ मार्च अथवा आइतबारदेखि प्रत्येक दिन बेलुकी पाँच बजेदेखि बिहान चार बजेसम्म कर्फ्यु लाग्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कर्फ्युको पालना नगरेमा तीन वर्ष जेल र १० हजार कुवेती दिनार जरिबाना हुनेछ । कुवेतमा कार्यरत सबै नेपाली श्रमिकलाई यो समयमा बाहिर ननिस्कन र कर्फ्युको पालना गर्न दूतावासले आग्रह गरेको छ । यस्तै यसअघि कुवेतले सरकारी निकायदेखि निजी कम्पनीहरु २६ मार्चसम्म बन्द हुने निर्णय गरे पनि त्यसमा थप दुई हप्ता समय थपेको छ ।
कुवेतमा आइतबार बेलुकीसम्म १८८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । ७२ जना निको भएर घर फिरेका छन् भने १६१ जना अस्पतालमा उपचाररत छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया