तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, तीन जनाको मृत्यु

नुवाकोट । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा उनीहरुको मृत्यु भएको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।उनका अनुसार तीन जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी छ । १२ जना घाइतेको उद्धार भएको उनले बताए । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएको र घटनाको थप विवरण आउन बाँकी छ ।
दुर्घटनामा परेको बस नदीमा नै रहेको, कतिपय घाइते बसले च्यापिएको र कोही ढुंगाले च्यापिएकाले घाइते संख्या यकिन गर्न नसकिएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाउने तयारी भइरहेको गौलीले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया