भारत र चीनतर्फका सबै नाका सात दिन बन्द गर्ने सरकारको निर्णय
विदुर खबर
२०७६ चैत ९ गते २०:४३
नुवाकोट । सरकारले छिमेकी मुलुक भारत र चीनतर्फका सबै सीमा नाका सात दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।सोमबार बिहान १० बजेबाट नाका बन्द गर्न गृह मन्त्रालयले नाका भएका जिल्लाहरूमा परिपत्र गर्ने तयारी गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले कोरोना भाइरससँग लड्नलाई विभिन्न उपाय अपनाउन ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय पनि गरेको छ। सबै मन्त्रीले आफ्नो एक-एक महिनाको तलब उक्त कोषमा राख्ने निर्णय पनि गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया