कोरोना प्रभाव : पशुपतिको आरती भोलिदेखि बन्द
नुवाकोट । सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ ।
सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार यसको लागि घाटामा सूचना दिइसकिएको छ । उनले सामूहिक भजनर्कीतन पनि रोकिएको बताए । ‘सरकारको निर्देशनअनुसार नै मालामी आईदिनुस् भनेर अनुरोध गरेका छौं,’ उनले भने,’अपेक्षा छ कि सबैले यसको पालना गरिदिनुहुनेछ ।’
उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ । उनले अघि भने,’विशेष पुजा गर्नेहरु पनि विस्तारै घट्दैछन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।’कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ ।
त्यसगरी घाटा र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्याइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै





प्रतिक्रिया