कालोबजारी रोक्न विद्यार्थी संगठनले बजार अनुगमन गर्ने
काठमाडौं । कोरोना भाइरसको बढ्दो त्राससँगै बजारमा कृत्रिम अभाव सिर्जना गरेर भइरहेको कालोबजारी रोक्न विद्यार्थी संगठनहरूले संयुक्त रुपमा अनुगमन गर्ने भएका छन्।
मंगलबार बसेको आठ विद्यार्थी संगठनको संयुक्त बैठकले कालो बजारी रोक्न संयुक्त अनुगमन गर्ने निर्णय गरेको हो। नागरिकमा त्रास बढिरहेको समयमा कालोबजारी नगर्न चेतावनी दिँदै उनीहरुले कालोबजारीबारे सरकारलाई सूचना दिनसमेत आग्रह गरेका छन्।
आठै विद्यार्थी संगठनले जारी गरेको संयुक्त विज्ञप्तीमा भयमुक्त वातावरणमा एसइई र विश्वविद्यालय तहका परीक्षा सञ्चालन गर्न र सबै परीक्षा केन्द्रमा चिकित्सकसहितको स्वास्थ्य सहायता केन्द्र स्थापना गरी उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ। विश्वविद्यालय र शैक्षिक संस्थाको पठनपाठन सकिएपछि बिदा मिलान गर्नसमेत उनीहरुले माग गरेका छन्।
आठै संगठनले कोरोनाविरुद्ध संयुक्त रुपमा देशव्यापी रुपमा सचेतना अभियान सञ्चालन गर्ने निर्णय समेत गरेका छन्। संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियुका संयोजक ऐन महर, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अखिल क्रान्तिकारीकै चिरञ्जिवी ढकाल र राप्रविसंघ संयुक्तका अध्यक्ष धनसुर शाहीले हस्ताक्षर गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया