मन्त्री नै बेपत्ताको सूचीमा

विदुर खबर २०७६ चैत ४ गते २०:५७

नुवाकोट । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका समयमा पूर्ण र आंशिक बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ।

Advertisement

आयोगले सोमबार सार्वजनिक गरेको बेपत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नाम समावेश छ। उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि समावेश गरिएको छ।

आयोगको सूची अनुसार सबैभन्दा धेरै बेपत्ताको उजुरी बर्दियाबाट परेको छ। बर्दियाका २ सय ५४ जनाको नाम बेपत्ता भएको सूचीमा छ। सूचीअनुसार  दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बेपत्ताको सूचीमा छन्।

Advertisement

सशस्त्र द्वन्द्वको इपिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उजुरी परेको छ। रोल्पाबाट ९७  रुकुमबाट ४५ जनाको मात्रै बेपत्ता पारिएको भन्दै उजुरी परेको छ।

Advertisement

आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भए आयोगको टोल फ्री नम्बर १६६०-०१-२२१११ मा सम्पर्क गरेर सूचना दिन सकिने  बताएको छ। त्यस्ता सूचना तथा प्रमाण उपलब्ध गराउन भने कुनै समय समय तोकिएको छैन। आयोगका अनुसार त्यस्ता सूचना तथा प्रमाण आफ्नो अनुकूल समयमा पठाउन सकिने छ।

आयोग भन्छ- मन्त्री मगर आशिंक बेपत्ता
बेपत्ता पारिएको छानबिन आयोगले भने मन्त्री मगरको उजुरी आशिंक बेपत्ताका रुपमा परेकाले उनको नाम पनि त्यसै अनुसार समावेश गरिएको जनाएको छ।

प्रतिक्रिया