तीन हप्तासम्म बालबालिकालाई घरबाहिर ननिस्किन शिक्षा मन्त्रीकाे आग्रह
काठमाडौँ । कारोना भाइरसकाे संक्रमण फैलिने त्रास बढेपछि नँया शैक्षिक सत्र सुरु नभएसम्म बालबालिकालाई घर बाहिर ननिस्किन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले आग्रह गरेका छन् ।
मंगलबार सूचना जारी गर्दै मन्त्री पोखरेलले देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकालाई विषेश सावधानी अपनाउन आग्रह गरेका हुन् । यस अघि मन्त्रालयले जारी गरेको सूचना अनुसार चैत ५ गते भित्रमा कक्षा १ देखि ९ सम्मको परिक्षा सम्पन्न भइसक्ने छ ।
यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, अभिभावक दिवस, नतिजा प्रकासन, नँया भर्ना जस्ता भीडभाड हुने कार्य नगर्न मन्त्रालयले जनाएको छ ।
चैत ६ देखि १७ गतेसम्म हुन लागेको एसईई परीक्षा भने आवश्यक सावधानी अपनाएर तोकिएको समयमै सञ्चालन हुने मन्त्री पोखरेलले जनाएका छन् । यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थी सहभागी हुँदै छन् ।
एसईईको सम्पूर्ण तयारी पूरा भएको र विद्यार्थीहरु समेत परीक्षा केन्द्रमा पुगिसकेकाले पूर्वनिर्धारित समयमै परिक्षा सम्पन्न गरिने पोखरेलले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया