काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु
नुवाकोट । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार तिमिल्सिनाले प्रदर्शन चर्किएपछि अहिले बिहान ९ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए । प्रजिअ तिमिल्सिनाका अनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।
कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । ‘पीडित र सवारी धनीलाई हामीले वार्तामा बोलाएका छौं,’ उनले भने, ‘दुवै पक्ष राखेर निकास निकाल्छौं ।’सोमबार साँझ टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएपछि पनौती तनावग्रस्त भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते भएका छन् । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गरेको थियो । त्यसक्रममा गोलीसमेत चलेकाे थियाे । तर गाेली कसले चलायाे भन्नेबारे खुलेकाे छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया