कोरोनाका कारण होटेलका ९० प्रतिशत कोठा खाली

विदुर खबर २०७६ चैत ३ गते १८:४०

नुवाकोट । कोरोनाका कारण पाहुना आउन छाडेपछि होटेल सुनसान हुन थालेका छन् ।

Advertisement

विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलहरुको व्यपार ९० प्रतिशतसम्म घटेको छ । होटेल संघ नेपाल (हान)का अनुसार अहिले ठूलो होटेलको अक्कुपेन्सी औसत १० प्रतिशतभन्दा पनि कममा झरेको छ । संघकी अध्यक्ष सिर्जना राणा होटेल नाफामा चल्न कम्तिमा पनि औसत ४० प्रतिशत कोठा भरिनुपर्छ ।

औसत ५० प्रतिशतभन्दा माथि अक्कुपेन्सी पुगेपछि राम्रो मुनाफा हुन्छ । तर, कोरोनाका कारण नेपालले लगाएको यात्रा प्रतिवन्ध र अन्य देशमा समेत हुने झन्झटले अहिले अक्कुपेन्सी झण्डै १० प्रतिशतमा झरेको हो । यसरी आउने पाहुनाहरु कूटनीतिक नियोग, नेपालमा सक्रिय अन्तराष्ट्रिय नियोग तथा निकायका कर्मचारी समेत हुन्छन् ।  यसबाहेक भारतीय नागरिकलाई समेत नेपाल आउन प्रतिवन्ध लागेको छैन ।

Advertisement

अध्यक्ष राणाका अनुसार अहिलेकै अवस्था रहेमा होटेलहरुले मासिक १ अर्ब ४० करोड रुपैयाँ घाटा बेहोर्छन् । नेपालमा अहिले होटेलहरुले वाषिर्क २५ लाख हाराहारी पर्यटक आउँदासमेत थेग्न सक्ने गरी क्षमता बढाएको दावी व्यवसायीको छ । तर, यस वर्ष विश्वव्यापी रुपमा पर्यटक आवागमन घट्दा त्यसले नेपालमा समेत प्रभाव पार्ने निश्चित भएको छ ।

प्रतिक्रिया