‘कोरोना सङ्क्रमण फैलिहाले प्रदेशले व्यवस्थापन गर्न सक्दैन’

विदुर खबर २०७६ चैत २ गते १७:१०

प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमणको आवश्यक व्यवस्थापनका लागि केन्द्र सरकारलाई नै पहल गर्न आग्रह गरेका छन् ।

Advertisement

कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले अहिलेसम्म अवस्था ठिकै रहेको तर सङ्क्रमण भइहालेमा व्यवस्थापन गर्न गाह्रो हुनेतर्फ केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्रीहरुले सङ्क्रमण देखिएमा रोकथामका लागि गाह्रो हुने भन्दै केन्द्र सरकारले आवश्यक पहल गर्न आग्रह गरेको बैठकमा सहभागी भएर बाहिरिनुभएका सञ्चार तथा सूचना, प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो । मुख्यमन्त्रीहरुले सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक औषधि तथा अन्य सामग्रीको खरिद प्रक्रिया सहज बनाउन पनि सुझाएका छन् । उनीहरुले उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा र समाजिक सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement

कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक सकिएकाे छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित मन्त्रीहरु, ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रालयका सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारले गरेका काम र नयाँ रणनीतिबारे छलफल भइरहेकाे छ ।

सरकारले कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेशका मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रीलाई पनि काठमाण्डाै बोलाएको हो । बैठकमा गण्डकी र प्रदेश २ का मुख्यमन्त्री भने सहभागी हुनुभएको छैन ।

Advertisement

प्रतिक्रिया