असिना र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

विदुर खबर २०७६ चैत १ गते १६:२८

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ।

Advertisement

देशको पूर्वी भूभागमा वर्षा तथा हिमपातको बढी सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना समेत रहेको छ ।

शनिबार राति देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ । यस्तै, देशका पश्चिमी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ् असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

Advertisement

महाशाखाले शनिबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया