आजको मौसम : विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
नुवाकोट । पश्चिमी क्षेत्रमा बादल लागेर दिउँसो केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले पश्चिमका धेरैजसो ठाउँ तथा मध्य र पूर्वका पहाडी भेगमा बादल लागेको र पश्चिमका केही ठाउँमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।आज मौसम खुल्ने र बादल लाग्ने क्रम चलिरहने महाशाखाको अनुमान छ ।
यस्तै शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्नुको साथै पश्चिमका धेरै ठाउँमा हावाहुरी, चट्याङ, असिना तथा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । भोलि मध्य र पूर्वी पहाडका केही ठाउँमा पनि हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।
पश्चिमी वायूको प्रभावका कारण केही दिन पश्चिमी तथा मध्य पहाडीका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सजग रहन मौसमविद्ले आग्रह गरेका छन् । आइतबारबाट भने मौसम सफा हुने महाशाखाले अनुमान गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस





प्रतिक्रिया