भारतमा तीन वर्षीय बालकमा कोरोना
विदुर खबर
२०७६ फागुन २६ गते २१:०१
नुवाकोट । भारतमा तीन वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । भारतमा कोरोनाबाट संक्रमित मध्ये केरल राज्यका उनी सबै भन्दा कम उमेरका बिरामी हुन् ।
इटलीबाट दुवई हुँदै सात मार्चमा उनी भारत आएका थिए । कोच्ची एयरपोर्टमा खटिएको कोरोना निगरानी समूहले स्वास्थ्य परिक्षण गर्ने क्रममा बालकमा हल्का ज्वरो देखिएको थियो । स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीका अनुसार बालकसहित उनको परिवारलाई तत्काल अस्पताल पठाइएको छ । बच्चाको नमूना परीक्षणका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलमा पठाइएको थियो । परीक्षणको क्रममा बालकमा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ ।
बच्चाकी आमा इटलीमा नर्सको रुपमा कार्यरत छिन् । उनका बुबालाई परीक्षणका लागि अस्पतालमा छुट्टै राखिएको छ ।भारतमा उनी सहित ४३ जनामा कोरोना देखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया