होलीमा जबरजस्ती लोला हान्ने ७ युवती पक्राउ

विदुर खबर २०७६ फागुन २६ गते १७:५९

काठमाडौैं । होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ७ युवती सहित ६५ जना पक्राउ परेका छन् ।

Advertisement

उपत्यकाका विभिन्न स्थानबाट ७ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा बलजफ्ती लोला हान्ने र समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन् ।पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया