दुई साताअघि अष्ट्रेलिया पुगेका नेपाली युवामा कोरोना संक्रमण भेटियो

विदुर खबर २०७६ फागुन २५ गते १८:५७

नुवाकोट । फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका एक नेपाली युवालाई कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ ।

Advertisement

नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका ती युवालाई कोरोना भएको पुष्टि भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै सँगै बस्ने उनका तीन साथीलाई समेत दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ ।

ती युवाको परिचय भने खुलाइएको छैन । गत शुक्रबार गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना ९कोभिड–१९० भएको पुष्टि भएको हो ।होटेलमा कार्यरत ती युवामा कोरोना पुष्टि भएपछि होटेलमा अरू कर्मचारीलाई समेत सर्न सक्ने भएकाले अधिकारीहरूले उनीहरूको समेत स्वास्थ्य परीक्षण गरिने बताएका छन् ।

Advertisement

अहिले उक्त संक्रिमित विद्यार्थीलाई शाही होबर्ट अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया