आजको मौसम : चट्याङसहित असिना पानी पर्ने सम्भावना

विदुर खबर २०७६ फागुन २४ गते ८:१०

नुवाकोट । अहिले नुवाकोटसहित देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

Advertisement

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ । तर झरीको सम्भावना भने नभएको उहाँले बताउनुभयो । पश्चिमी वायुसँगै स्थानीय वायु कमजोर भएपछि आइतबारदेखि भने मौसम खुल्दै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया