निजगढमा दादुरा,रुबेला र पोलियो बिरुद्धको खोप कार्यक्रम संचालन

विदुर खबर २०७६ फागुन २२ गते २०:१९

निजगढ । निजगढ नगरपालिकाले दादुरा,रुबेला र पोलियो बिरुद्धको खोप कार्यक्रम बिहिबारबाट संचालनमा ल्याएकोछ । खोप कार्यक्रमको वडा नम्बर ८ को कार्यालयबाट सुचारु गरिएको छ ।

Advertisement

मेयर सुरेश कुमार खनालले नगर भित्रका बालबालिकाहरुलाई पोलियो,दादुरा र रुबेला जस्ता रोगहरुबाट सुरक्षित राख्न खोप कार्यक्रमको संचालन गरिएको बताउनुभयो । आगामी फाल्गुन २ गतेसम्म संचालन गरिने खोप कार्यक्रम प्रत्येक वडाहरुमा संचालन गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।

खोप कार्यक्रम अन्तर्गत ९ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई खोप लगाईने लामाले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया