चैत्र २ गतेदेखि निजगढमा नगरस्तरीय परिक्षा
नवराज चौलागाईं, निजगढ । निजगढ नगरपालिकाले संचालन गर्ने नगरस्तरीय परिक्षाको मिति तय गरिएको छ ।
निजगढका मेयर सुरेश कुमार खनाल सहित नगर भित्रका बिध्यालयका प्रधानाध्यापकहरुबीच बिहिबार सम्पन्न बैठकले आगामी चैत्र २ गतेदेखि नगरस्तरीय परिक्षा संचालन गर्ने निर्णय गरेकोहो । बैठकमा निजगढका मेयर सुरेश कुमार खनालले नगरको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन नगरस्तरीय परीक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले प्रत्येक बिध्यालयमा परिक्षा अनुगमन टोलि निर्माण गरेर परिक्षा संचालन गर्न निर्देशन दिनुभएकोछ ।
कक्षा ५ र ८ को नगरपालिकाले नगरस्तरीय परिक्षा संचालन गर्न लागेकोहो । यस्तै मेयर खनालले नगरपालिका कै प्रतक्ष निगरानीमा परिक्षा संचालन गर्नकालागि निजगढ नगरपालिकाका शिक्षा शाखालाई निर्देशन समेत दिनुभएकोछ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट बिध्यार्थीहरुलाई सचेत गराउन नगरपालिकाले निर्देशन गरे बमोजिमको कार्यहरु बिध्यालयमा संचालन गर्न पनि मेयर खनालले निर्देशन दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया