चैत्र २ गतेदेखि निजगढमा नगरस्तरीय परिक्षा

नवराज चौलागाईं, निजगढ । निजगढ नगरपालिकाले संचालन गर्ने नगरस्तरीय परिक्षाको मिति तय गरिएको छ ।
निजगढका मेयर सुरेश कुमार खनाल सहित नगर भित्रका बिध्यालयका प्रधानाध्यापकहरुबीच बिहिबार सम्पन्न बैठकले आगामी चैत्र २ गतेदेखि नगरस्तरीय परिक्षा संचालन गर्ने निर्णय गरेकोहो । बैठकमा निजगढका मेयर सुरेश कुमार खनालले नगरको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन नगरस्तरीय परीक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले प्रत्येक बिध्यालयमा परिक्षा अनुगमन टोलि निर्माण गरेर परिक्षा संचालन गर्न निर्देशन दिनुभएकोछ ।
कक्षा ५ र ८ को नगरपालिकाले नगरस्तरीय परिक्षा संचालन गर्न लागेकोहो । यस्तै मेयर खनालले नगरपालिका कै प्रतक्ष निगरानीमा परिक्षा संचालन गर्नकालागि निजगढ नगरपालिकाका शिक्षा शाखालाई निर्देशन समेत दिनुभएकोछ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट बिध्यार्थीहरुलाई सचेत गराउन नगरपालिकाले निर्देशन गरे बमोजिमको कार्यहरु बिध्यालयमा संचालन गर्न पनि मेयर खनालले निर्देशन दिनुभयो ।
प्रतिक्रिया