कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुग्यो

विदुर खबर २०७६ फागुन २२ गते २०:०८

एजेन्सी–कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएपछि क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरेको छ। अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भएको हो।

Advertisement

साक्रामेन्टानजिकैको अस्पतालमा ७१ वर्षीय मानिसको कोरोनाका कारण मृत्यु भएको हो। यससँगै ह्वाइट हाउसले पनि देशभर कोरोनाको परीक्षण गर्ने भएको छ। उपराष्ट्रपति माइक पेन्सले चिकित्सकले निर्देशन दिएमा कुनै पनि अमेरिकीको परीक्षण हुने बताए।

कोरोना अमेरिकाका १६ राज्यमा फैलिसकेको छ भने हालसम्म १५० मा संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा मृत्यु हुने ११ मध्ये १० जना वाशिङटनका छन्। क्यालिफोर्नियासँगै वाशिङटन र फ्लोरिडाले पनि संकटकाल घोषणा गरेका छन्।हाल विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ सय नाघेको छ भने ९२ हजार जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ८० हजारभन्दा बढी चीनका छन्।

Advertisement

प्रतिक्रिया