कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुग्यो
विदुर खबर
२०७६ फागुन २२ गते २०:०८
एजेन्सी–कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएपछि क्यालिफोर्निया राज्यमा संकटकाल घोषणा गरेको छ। अमेरिकामा हालसम्म ११ जनाको मृत्यु भएको हो।
साक्रामेन्टानजिकैको अस्पतालमा ७१ वर्षीय मानिसको कोरोनाका कारण मृत्यु भएको हो। यससँगै ह्वाइट हाउसले पनि देशभर कोरोनाको परीक्षण गर्ने भएको छ। उपराष्ट्रपति माइक पेन्सले चिकित्सकले निर्देशन दिएमा कुनै पनि अमेरिकीको परीक्षण हुने बताए।
कोरोना अमेरिकाका १६ राज्यमा फैलिसकेको छ भने हालसम्म १५० मा संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा मृत्यु हुने ११ मध्ये १० जना वाशिङटनका छन्। क्यालिफोर्नियासँगै वाशिङटन र फ्लोरिडाले पनि संकटकाल घोषणा गरेका छन्।हाल विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ सय नाघेको छ भने ९२ हजार जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये ८० हजारभन्दा बढी चीनका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया