नेपाल भ्रमणबाट फर्किएका स्पेनी नागरिकको कोरोनाले मृत्यु
विदुर खबर
२०७६ फागुन २१ गते २०:०७

काठमाण्डौ । नेपाल भ्रमण गरेर आफ्नो देश फर्किएका एक व्यक्तिको स्पेनमा मृत्यु भएको छ । फेब्रुअरी १३ मा उनको मृत्यु भएको हो ।
भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलका अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएका थिए र उनी अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्युको कारण खुलाइएको थिएन । कोरोना संक्रमणबाट स्पेनमा पहिलो व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया