प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर,मिर्गौला प्रत्याराेपण सफल

विदुर खबर २०७६ फागुन २१ गते १९:४०

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा करिव ४ घन्टा लगाएर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

Advertisement

त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीकाे मृर्गौला प्रत्यारोपण सफल भएको र उहाँको स्वास्थ्य अवस्था समेत स्थिर रहेका जनाएको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् ।प्रत्यारोपित मृर्गौलाले पनि काम सुरु गरी सकेको छ ।’ हस्पिटलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।यस्तै प्रधानमन्त्री ओलीलाई दान गरेका समीक्षा संर्गौलाको समेत स्वास्थ्य अवस्था सामान्य रहेको हस्पिटलले जनाएको छ ।

मृर्गौला प्रत्यारोपणको शल्य चिकित्सा टोलीमा प्रा. डा. उत्तम कुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्त कुमार लगायतको टोली सहभागिता रहेको थियो । यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Advertisement

प्रतिक्रिया