धादिङकाे मलेखुबाट २५ किलो चरेससहित दुई जना पक्राउ
विदुर खबर
२०७६ फागुन  २० गते २०:४३
	
		
	
धादिङ । धादिङकाे मलेखुबाट प्रहरीले २५ किलो लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
बेनिघाटरोराङ गाउँपालिका-३, मलेखुमा मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा झोलाभित्र हालेर ल्याएको अवस्थामा फेला परेकाे चरेससहित दुई जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका-३ का २८ वर्षीय सन्च बहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
चरेस बोक्न प्रयोग भएको बा ४८ प ९२२५ नम्बरको मोटर साइकल पनि प्रहरीले जिल्ला अदालतमा पेश गरकाे छ । प्रहरीले चरेस ओसारपसार तथा बिक्री हुन लागेको सूचनाको आधारमा जाँच गर्दा त्यति परिमाणकाे चरेस बरामद भेटिएको थियो ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया