चैत ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयहरूलाई निर्देशन
विदुर खबर
२०७६ फागुन २० गते १९:०१
नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ ।
विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेको छ ।
त्यसैगरी, विज्ञप्तिमा ‘विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरु आयोजना नगर्न, नगराउन पनि मन्त्रालयले सबैमा आह्वान गर्दछ’ उल्लेख गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया