थप दुई बालबालिकाका अभिभावक बने प्रधानमन्त्री अाेली, विद्यार्थीलाई जसरी पनि विधालयमा टिकाउने

विदुर खबर २०७५ वैशाख ५ गते १५:३५

सिरहा, ५ वैशाख– विधालय भर्ना अभियानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले थप दुईजना बालबालिकाकाे अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका छन् ।

Advertisement

बुधवार सिरहाको कल्याणपुर नगरापलिकाको रामदुलारी माध्यमिक विद्यालयमा पुगेर प्रधानमन्त्री ओलीले स्थानीय दुई बालबालिकालाई विद्यालय भर्ना गराएका हुन् ।

प्रधानमन्त्री ओलीले कल्याणपुर– ११ का दिनेशकुमार खत्वेका ५ वर्षकी छोरी रुपाकुमारी र भोगेन्द्र मल्लिकका ५ बर्षका छोरा पवन मल्लिकलाई विद्यालय भर्ना गराए ।

Advertisement

दुवै जनालाई विद्यालय भर्ना गराएका ओलीले पुस्तक र पोशाक समेत वितरण गरे ।

बालबालिकालाई विद्यालय भर्ना गराएपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विद्यालय भर्ना गराएका विद्यार्थीहरु सफल भएको हेर्न चाहेको बताए ।

Advertisement

ओलीले बालबालिकाहरु विद्यालय भर्ना हुने गरेको भएपनि बीचमै छाड्ने गरेकोप्रति आफू गम्भीर भएको बताए । उनले विद्यालयमा भर्ना भएका सबै विद्यार्थीलाई विधालयमा टिकाइ राख्न सरकारले सबै प्रयास गर्ने प्रतिवद्धता पनि जनाए ।

प्रधानमन्त्री ओलीले वैशाख १ गते कर्णालीको मुगुमा एक बालिकालाई पनि विद्यालय भर्ना गराएका थिए ।

प्रतिक्रिया