नुवाकोटमा बन्न लागेको सौर्य बत्तिले चैतदेखि विजुली उत्पादन गर्ने

विदुर खबर २०७६ फागुन १४ गते ८:१६

नुवाकोट । नेपाल विद्युत्त प्राधिकरणले देविघाटमा निर्माण गरिरहेको सौर्य उर्जाबाट आगामी चैतभित्र १० मेगावट विद्युत उत्पादन गर्ने भएको छ ।

Advertisement

तोकिएको समयमा विद्युत उत्पादन गर्न अहिले तिव्र गतिमा काम भइरहेको छ । देविघाट पावर हाउसको खाली जमिन फोरवेमा प्यानल जडानको लागि खम्बा जडान गर्ने कार्य भइरहेको छ । देविघाट पावरहाउसको खाली जमिन फोरवेमा प्यानल जडानका कार्य सम्पन्न भएको छ ।

त्यसैगरि रातोमाटेमा प्यानल राख्नका लागि जमिन सम्माएर लेवल नाप्ने काम भइरहेको आयोजनाका उपप्रवन्धक विकास रघुवंशीले जानकारी दिए । उनले आगामी चैतभित्र १० मेगावट विद्युत निकाल्ने बताए । अहिले फोरवे क्षेत्रको काम सम्पन्न गरेर रातोमाटेमा काम थालिएको छ । आयोजनाको लागि चाहिने ५० प्रतिशत सामान ल्याइसकिएको बताइएको छ ।

Advertisement

प्रतिक्रिया