मौसम सफा हुन अझै केही दिन लाग्ने, मेघ गर्जनसहित वर्षाको सम्भावना

विदुर खबर २०७६ फागुन १३ गते २०:०९

नुवाकोट । पश्चिमी न्यून चापीय वायुको प्रभावले अझै केही दिन मौसम सफा नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले मौसम बदलीसँगै हल्का वर्षा हुने महाशाखले जनाएको छ । मौसमविद्का अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले मौसम फेरबदल भइरहेको छ । यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित वर्षा हुने गर्दछ ।

हाल पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । राति देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव दुई र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया