कलंकीमा डरलाग्दो दुर्घटना, ब्रेकफेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दियो
विदुर खबर
२०७६ फागुन १२ गते २०:५६
काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।
ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया