मृत्युबाट जोगाउने मेरो असल अभिभावक गणेश सर

विदुर खबर २०७६ फागुन १२ गते १९:२५
राजमान तामाङ

                                                                    राजमान तामाङ

जिबनका अप्ठेरा दिनहरु आउँदा झट्ट सम्झने बिरलै मान्छे हुन्छ प्रत्येक नागरिकका।म त्यसको अपबाद हुनसक्दिन ।मैले  पनि जिबनका प्रत्येक अप्ठेरा क्षणहरुमा सम्झने एक अभिभाकीय ब्यक्तित्व हुनुहुन्थ्यो आदरणीय गुरु गणेश पण्डित ।

गणेश पण्डित नुवाकोटको बामपंथी आन्दोलनमात्रै होइन देशकै एक ईमानदार देशभक्त बाम नेता हुनुहुन्थ्यो । उहाँ हामी र हामीभन्दा अग्रजहरुका पनि अभिभावक हुनुहुन्थ्यो ।हुन त नेपाली समाज र राजनीतिमा इमान र निस्ठाको खडेरी छँदैछ ।सत्यता स्विकार गर्न कसैले कन्जुस्याइँ गरेर इतिहास त मर्दैन।दरबारियाहरुको भाषासँग मेलखाने  गद्दार पुष्पलाल मोहन बिक्रम सिंहको नाममा छापिए।तर पुष्पलालको महानता कमजोर भएन।बरु पुष्पलालले दशकौँ बर्ष अघि देखेको सपना साकार भयो।मोहन बिक्रम सिंह स्वास्निको लागी सांसद र मन्त्रीको भिख माग्दै बुढेसकाल गुजारिरहेका छन् ।यो हो बिधिको बिडम्बना।लोकतान्त्रिक गणतन्त्र बुर्जुवा कार्यक्रम भन्दै बाबुरामलाई पेस्तोल तेर्साउने नन्द बहादुर पुन लोकतान्त्रिक गणतन्त्रको उपराष्ट्रपति छन् ।
हामी बाँचेको समाज र राजनीतिको आजको यो बास्तबिकता  हो।राजनीतिको यो बेइमान थिती बिरुद्द अबिचलित यात्रा गर्ने महान यात्री हुनुहुन्थ्यो गणेश पन्डित।धनबाद र डनबाद राजनीतिको अब्बल हतियार बन्यो बहुदलीय कालयता।यसले निष्ठा र आदर्शको राजनिती धुलिसात भयो।जसको कहर समाजले भोगेको बास्तबिकता हामी सबैको सामु छर्लङ्ग छ।राजनीतिलाई कमाइखाने पेशा बनाउने डकैतहरुसँग उहाँको असहमति थियो।त्यो अन्तरसम्बादमा अभिब्यक्त हुन्थ्यो ।
त्रिचन्द्र कलेजमा उच्च शिक्षा हासिल गर्ने क्रममा तत्कालीन बामपंथी र काङ्ग्रेस समर्थक विद्यार्थीहरुले स्वबियुको निम्ति गरेको आन्दोलनको अग्रमोर्चामा हुनुहुन्थ्यो गणेश पन्डित।त्यो २०२२-२०२५ सालको कुरा हो।पन्चायती निरंकुशता र मण्डले विद्यार्थीहरु विरुद्धको त्यो संघर्षमा नुवाकोटबाट बामपन्थी खेमाका गणेश पण्डित हुनुहुन्थ्यो भने काङ्ग्रेस खेमाबाट उहाँकै सहोदर भान्जा अर्जुन नरसिंह केसि (नेपाली काङ्ग्रेस पुर्ब सहमहामन्त्री बर्तमान केन्द्रीय सदस्य ) हुनुहुन्थ्यो ।त्यही आन्दोलनको कारण उहाँ माथि उपत्यकामा बस्न प्रतिबन्ध लगायो महेन्द्रको पन्चायती निरंकुशताले।त्यसपछि उहाँ उपत्यका छोडेर( कुमार पण्डितका अनुसार )नुवाकोटमा शिक्षकको रूपमा शैक्षिक जागरण र बामपंथी आन्दोलनको प्रचार र संगठन गर्न क्रियाशिल हुनु भयो।त्यसक्रममा उहाँ शिक्षक संगठनको अगुवाई गर्दै देशब्यापी शिक्षक आन्दोलनमा क्रियाशिल हुनु भयो।२०४२सालको बमकाण्डमा थुप्रै शिक्षकहरु माथि धरपकड भयो।गणेश सर पनि त्यस बर्बरताबाट मुक्त हुनुभएन।चरम यातनासहित पन्चायती हिरासत र जेल बस्नुभयो।कहिले शिखरबेशिमा नजरबन्द बिताउनु पर्यो। इतिहासको यो कस्टकर यात्रा एउटा हुनेखाने परिबारमा जन्मनु भएका गणेश सरको त्याग र बलिदानको अनुपम उदाहरण हो।२०४८ भएको संसदिय निर्वाचनमा भने उहाँ नेकपा एमालेको उम्मेदवार बन्नु भयो र भारी मतका साथ बिजयी हुनु भयो।
तिसको दशक वरिपरि भने नेकपा चौमसँग उहाँको सामिप्यता थियो।माथि नै भनियो नुवाकोटको बामपंथी आन्दोलनको शुरूवात उहाँहरुकै सक्रियतामा भएको थियो। जिबनको उर्बरकालदेखी मरोनपरान्त बाम कम्युनिस्ट आन्दोलन प्रति अबिचल रहनु गणेश सरको महानता थियो।अमुक पार्टी भित्र अन्यायको पहाडले थिचिए पनि समग्र कम्युनिस्ट आन्दोलनबाट बिचलित नहुने शिक्षा मैले गणेश सरसँगै सिकेको हुँ। बिदेशीहरुको  दूतावासमा छोराछोरीको लागि छात्रवृत्तिको भिक्षा माग्ने पत्रुहरुले अमेरिका भ्रमणको बहाना बनाएर दण्डित गर्दा म सानै थिएँ ।सिआइएको कब्जामा पुगेको हुलले गणेश सरप्रती गरेको दण्ड बुझ्दा म हाइस्कुल पढ्न थालेको थिएँ ।हाइस्कुल सकिएपछि भएको आमनिर्वाचनमा भने म उहाँको चुनाब प्रचारमा लागेको हो।त्यतिबेला मेरो मतदाता नामावलीमा नाम समेत थिएन।
गणेश सरबारे अनेक मिथक सुनेको थिएँ मैले।आफ्नै बाबुको तमसुक च्यातेर किसानलाई ॠण मिनाह गरेर कम्युनिस्ट आन्दोलनमा होमिएका योद्धाको रुपमा।पण्चायाती शासकहरुको जेलभित्र भोगेको अकथनीय यातना सहेका एक बहादुर योद्धा रूपमा  ।मेरो दिमागमा नाचिरहने यो मिथक मैले नजिकबाट चिनेको चाहीँ २०५६को आम निर्बाचनमै हो।उहाँ तत्कालीन नेकपा मालेको उम्मेदवारको रुपमा नुवाकोटको २नम्बर क्षेत्रमा खडा हुनुभएको थियो।रास्ट्रघाती महाकाली सन्धि पछि कमरेड बामदेबको अगुवाइमा एमाले बिभाजित भएपछि गणेश सर नुवाकोटको नेतृत्वमा हुनुहुन्थ्यो नेकपा मालेको।
एक असाधरण सरल मानिसको रूपमा मैले उहाँलाई चिनेको हुँ पहिलोपटक ।त्यो आजिबन कायम रह्यो।बिदुर चोकमा माइक बोकेर उभिएको सानो फुच्छे मलाई गणेश सरले अंगालोमा बेरेको अहिले झै लाग्छ।उहाँको त्यो माया मैले जिबन र मृत्युको दोसाँधमा उभिदा पनि पाएको छु।ज्ञानेन्द्रसँग ढोरपाटनमा हातमिलाएर सत्ता साझेदारी गर्ने प्रचण्ड गुटको लाबाङ मण्डले कार्यनीति प्रती असहमति राखेर बाहिर बस्दा शाही नेपाली सेनाको शिकार हुनबाट बचाउन उहाँले दिनरात प्रयत्न नगर्नुभएको भए म आज जिवित रहने सम्भावना थिएन । त्यसैबखत हो उहाँसग सबैभन्दा बढी साक्षरतकार भएको।देशभक्ति प्रती अबिचल निस्ठा कम्युनिस्ट आन्दोलन प्रतीको द्र्ढता र अथाह बर्गप्रेम उहाँका बास्तबिक गुणहरु हुन् ।
आफ्नो बैचारिक प्रतिबद्धतालाई तिलान्जली दिएर सत्ताको भर्र्याङ् चढ्न खोजेको भए गणेश पण्डितका निम्ति कुनै आइतबार कुर्नु पर्दैन थियो।यसको पछिल्लो साक्षी  हुँ म।यो गणेश पण्डितको महानता हो।सत्ता सम्पती र शक्ती हत्याउन आफ्नै सहयोद्दाहरुको मृत्युमा रमाउने पाखण्डीहरुले गणेश सरप्रती अनावश्यक टिप्पणी गर्दा म भित्र घृणाको ज्वालामुखी दन्किन्छ।
एक यस्तो अबिचलित योद्धाको गतबर्ष असमायिक निधनको खबर सुन्दा म नुवाकोटको एक बस्तिमा प्रतिबन्धित जिबन ब्यतित गरिरहेको थिएँ ।त्यसको केहि महिना पहिला उहाँसगै नाम मिल्ने शिक्षकको निधन हुँदा काठमाडौमै थिएँ  ।चियापिउदै गर्दा एक्कसी यस्तो खबर सुनेपछि मैले हतार हतार सरलाई फोन गरेको थिएँ ।पहिलो फोन नउठेपछि म स्तब्ध भएको थिएँ ।दोश्रो पटक फोन उठ्यो मेरो ओठ थरथर काप्न थालेको थियो ।फोन सर आफैंले उठाउनु भएपछि म केहि समय बोल्नै सकिन।बाबु नेता कता छौ ।के छ देशको राजनिती?(स्नेहपुर्बक पहिलो सोधाई यहि हुन्थ्यो मलाई) उहाँबाट सोधनी हुने यो पहिलो शब्दहरू दोहोरिए पछि म  हर्षित भएको थिएँ ।अनावश्यक स्टाटस लेख्ने सबै फेशबुकेहरुलाई गाली गर्दै मैले पनि स्टाटस झोस दिएको थिएँ ।तर दुर्भाग्य यो पटक खबर आयो हार्ट्यक भएर अस्पताल लानेक्रममा गणेश सरको निधन भयो।दौडेर काठमाडौ आउँ झैँ नभएको होइन।तर बिकट ठाउँमा भएकोले साधनहरु थिएन।त्यसमाथि प्रतिबन्धको कहर छँदै थियो।उहाँको अन्त्यष्टीमा समेत सहभागी हुन सकिएन।त्यतिबेला समाबेशी अनलाइनमा अलबिदा गणेश सर भनेर एउटा लेख लेखेर श्रद्धाञ्जली ब्यक्त गरेको थिएँ ।
त्यसको केहि महिना पछि साथीहरू बीच भेटघाट हुँदा एउटा स्मृति ग्रन्थ निकाल्न पाए हुन्थ्यो भन्ने प्रस्ताब गरेको थिएँ ।त्यसपछि राजकुमार दाईलाई(गणेश सरको जेष्ठ सुपुत्र) म्यासेन्जरमा प्रस्ताव राखेको थिएँ ।उहाँले निकाल्ने हो भन्नु भा थियो।एकदिन टेम्पोमा पानी पोखरी ओरालो लाग्दै थिएँ म्यासेन्जरमा दिनेशको(गणेश सरको कान्छो सुपुत्र) फोन आयो।बुबाको स्मृति ग्रन्थ निस्कदै छ।दाईले पनि लेख्नु पर्यो।लेख्नु त छँदै थियो।यो बीचमा बिरामी परे।
दिनेशले फेरी फोन गरेपछि झसङ्ग भए र लेख्न बसे।यो लेख्दै गर्दा छुटाउनै नहुने केहि बिषयहरु छन् ।नुवाकोटको बामपंथी आन्दोलनको इतिहास गणेश सर बिना शुरु हुनै सक्दैन।जिल्लाको पुर्बी क्षेत्रमा आएको शैक्षिक जागारणको इतिहास र सामाजिक आन्दोलनको सकारात्मक प्रभाव इतिहासमा अकाट्य रूपमा स्थापित सच्चाई हो।इतिहासको इमानदारी पुर्बक निर्मम समिक्षा गर्नुपर्छ ।र भन्न सक्नुपर्छ गणेश सर इमान्दारीताको अर्को नाम हो।देशको देशभक्ति पुर्ण आन्दोलनको सतिशाल हो।त्यतिमात्रै होइन ,उहाँ एक क्षमताबान कबि पनि हो  र हुनुहुन्थ्यो ।म उहाँको यो कबिताबाट आफ्नो कुरा बीट मार्दैछु जो आजपनि देशको सिमानाको जल्दाबल्दा मुद्दा हो ।उहाँले उतिबेलै यसरी लेख्नुभएको थियो
अग्ला स्वच्छ हिमालको छतमुनि बस्ती अति सुन्दर।
नेपाली मुटुभित्रको धुकधुकी ज्योति ननिभ्ने तर
हो नेपाल अखण्ड तैपनि बन्यो कोहि बिरानो सरि
कालापानी बनेर दुख्छ मुटुको घाउ ननिको गरि ।
हो आजपनि कालापानी मुटुको घाउ बनेर प्रत्येक देशभक्तहरुलाई दुखिरहेको छ।यसबारे लेखिनै सकियो।देशका सारा युबा अहिले यो मुद्दाको पैरवी गर्दैछ। अन्त्यमा आजको बार्षिक स्मृतिमा फेरी पनि मलाई जिबनका अप्ठेरा दिनहरूमा बाँच्न सिकाउने र बचाउनुहुने आदरणीय गुरुप्रती हार्दिक श्रद्दासुमन।
Advertisement

प्रतिक्रिया