त्रिशूली नदीमा ट्रक खस्याे, चालककाे ज्यान गयाे

विदुर खबर २०७६ फागुन ११ गते ९:४८

                                                               फाईल फोटो ।

धादिङ । त्रिशूली नदीमा ट्रक खस्दा चालककाे ज्यान गएकाे छ भने सहचालक घाइते भएका छन् । नदीमा ट्रक खस्दा चालक बिखे थोकरको ज्यान गएको हाे ।

Advertisement

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ काे ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया