१५ वर्षीया एक किशोरी मृतावस्थामा फेला

विदुर खबर २०७५ वैशाख ४ गते १६:२४

रुपन्देही, ४ वैशाख – स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् ।

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

“उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उहाँले भन्नुभयो । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया