अफगानिस्तानको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि घानी निर्वाचित
अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मङगलबार घोषणा गरेको छ । आयोगले राष्ट्रपति मोहम्मद अशरफ घानीलाई दोस्रो कार्यकालमा पदमा रहन विजयी भएको घोषणा गरेको छ ।
“मोहम्मद अशरफ घानीले राष्ट्रपति चुनावमा ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ त्यसैले स्वतन्त्र निर्वाचन आयोगले उहाँलाई अफगानिस्तानको निर्वाचित राष्ट्रपतिको रूपमा घोषणा गर्दछ ।” निर्वाचन आयोगका प्रमुख हवा आलम नुरिस्तानीले एक पत्रकार सम्मेलनमा भन्नुभयो । घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बन्नुभएको आयोगले जनाएको छ ।
२००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो भने एक दर्जन भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भउको थियो । राष्ट्रपति चुनावको प्रारम्भिक नतिजा डिसेम्बरमा घोषणा गरिएको थियो जसमा घानी पहिलो स्थानमा हुनुहुन्थ्यो र उहाँका प्रतिद्वन्द्वी अब्दुल्ला दौडमा दोस्रो स्थानमा नै हुनुहुन्थ्यो । मतदानका लागि ९४ लाख मतदाता योग्य मानिए पनि मतदानमा १९ लाखको सहभागिता रहेको थियो । अधिकांश ग्रामिण इलाका र तालिवान विद्रोही नियन्त्रित सहरहरूमा पनि निकै थोरै मतदाताले भोट हालेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया