स्ववियू निर्वाचन अनिश्चितकालका लागि स्थगित

विदुर खबर २०७६ फागुन ६ गते १८:४०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन स्थगित भएको छ ।

Advertisement

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यस पटक फागुन १४ गते  (स्ववियु)को निर्वाचन हुने गरी तय गरिएको थियो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले विशेष कारणबस अर्को निर्णय नभए सम्मको लागि स्ववियु निर्वाचन स्थगित गरिएको जनाएको छ ।

प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन बिभिन्न कारणले नियमित हुनसकेको छैन ।

Advertisement

प्रतिक्रिया