अदालतले सफाइ दिएपछि कारागारबाट छुटे महरा

विदुर खबर २०७६ फागुन ५ गते १६:३६

नुवाकोट । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् ।

Advertisement

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए ।

प्रतिक्रिया