आजकाे माैसम : नुवाकोटमा बाक्लो तुवाँलो

विदुर खबर २०७६ फागुन ५ गते ८:५४

नुवाकोट । नुवाकोटसहित उपत्यकाका धेरै ठाउँमा सोमबार बिहान बाक्लो तुवाँलो लागेको छ। भिजिबिलिटी अर्थात हेर्न सकिने अबस्था १५ सय मिटरमात्र रहने गरी तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले बताएको छ।

Advertisement

जमिन र वायुमण्डल बीचको वायूलाई छेक्ने तह अर्थात ईन्भर्जन लेयरका कारण धेरै ठाउँमा तुवाँलो लागेको का मौसमविद मिनकुमार अर्यालले जानकारी दिए। सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर बिस्तारै हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो बढेको उनले बताए।

लामो समयदेखि पानी पर्न नसकेको, तल्लो तहको हावा तात्ने गरी घाम नलागेको र हावा नचलेको तथा प्रदुषणको मात्रा बढेको कारण बाक्लो तुवाँलो लागेको हो। अहिले वायुमण्डलमा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले स्वास्थ्यमा समस्या आउने भएकोले घर बाहिर निस्कँदा मास्कको प्रयोग तथा अरु सुरक्षाका उपाय अपनाउन पनि मौसमविद् अर्यालले आग्रह गरे। तुवाँलो हट्नका लागि पानी पर्नुपर्ने र आउँदो बुधबार पश्चिमी न्यून चापी प्रणालीको असर देखिने भएकोले त्यसपछि सुधारको उनले बताए।

Advertisement

उनले आज देशको सबैजसो ठाउँमा बादल लाग्ने र मध्य तथा पूर्वी पहाडी भेगको केही ठाउँमा सामान्य पानी समेत पर्ने समेत बताए।  तराईमा दिउँसोपख मौसम खुल्ने भए पनि पहाडी क्षेत्रमा भने दिनभर नै आंशिकदेखि सामान्य बादल लाग्ने मौसमविद अर्यालले जानकारी दिए।

प्रतिक्रिया