कर्मचारी मिलन केन्द्र नुवाकोटमा गुरागाई

विदुर खबर २०७६ फागुन ३ गते २०:२५

नुवाकोट । कर्मचारी मिलन केन्द्र (अफिसर क्लबको संस्था) नुवाकोटको अध्यक्षमा हरिप्रसाद गुरागाई चयन हुनुभएको छ ।

Advertisement

शानिवार भएको वार्षिक साधारणसभाले गुरागाईको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा नारायणदत्त भण्डारी, सचिवमा पुष्पराज लोहनी, सहसचिवमा राजन प्याकुरेल र कोषाध्यक्षमा दयाराम पौडेल चयन हुनुभएको छ ।

त्यस्तै केन्द्रको सदस्यहरुमा सुरज अर्याल, देवकी खतिवडा, शिवराम अधिकारी, जर्नादन शिलवाल, भोलाराज पन्त, ऋषि अधिकारी, अर्जुन फुयाल र नारायण वस्ती चयन हुनभएको कर्मचारी मिलन केन्द्र नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया