क्षेत्रपाल माविको ४६ औ वार्षिकोत्सव सम्पन्न
लिखु । लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयको ४६ औ वार्षिकोत्सव तथा छात्रवृति कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले क्षेत्रपाल माध्यामिक विद्यालय नुवाकोटकैै नमुना मा.बि रहेको बताए । उनले विद्यालयलाई अझै उत्कृट बनाउन सबै लाग्नु पर्ने बताए । उनले फरक प्रसंगमा बिकाश निर्माण गर्न सबै एक भएर लागे मात्र सम्भव हुने बताए । उनले नुवाकोट क्षेत्र नं १ लगाएत पुरै नुवाकोटको बिकाश गर्न आफु मरिमेटेको बताए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसीले शिक्षकहरु राजनितीमा होमिनाले सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तर खस्केको बताए । उनले निर्बाचित जनप्रतिनिधि हरुले शिक्षा क्षेत्रलाई बढि जोड दिनु पर्ने बताए । कार्यक्रममा कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले स्कुलमा छिटै स्वास्थ्य शिबिर संचालन गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
वार्षिकोत्सवको अबसरमा २०७५ सालमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने ६ जनालाई नगद सहित सम्मान गरिएको छ । साथै पुर्व प्रधानाध्यापक तथा पुर्व ब्यवस्थापन समितिका पदाधिकारीहरु लाई समेत सम्मान गरिएको छ ।कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी शैलेश श्रेष्ठ, अभिभावक तथा शिक्षाप्रेमीहरुको पस्थिति रहेको थियोे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया