वाग्मती प्रदेशका खेलकूद विकास समितिका पदाधिकारीको शपथ ग्रहण

विदुर खबर २०७६ माघ २१ गते २०:३६

हेटौँडा । वाग्मती प्रदेशका १३ जिल्लाका खेलकूद विकास समितिका पदाधिकारीको शपथ ग्रहण आज हेटौँडामा भएको छ ।

Advertisement

प्रदेशको सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले सबै जिल्लाका खेलकूद विकास समितिका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई शपथ गराउनुभएको हो । सामाजिक विकास मन्त्री युवराज दुलालले खेल क्षेत्रका चुनौतीलाई अवसरमा परिणत गरेर काम गर्नुपर्ने बताउँदै प्रतिभाशाली खेलाडीलाई यस क्षेत्रमा आकर्षित गर्नुपर्छ भन्नुभयो ।

मन्त्री दुलालले राज्यले निश्चित खेललाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै दुई महिनाभित्र प्रथम प्रदेश खेलकूद प्रतियोगिता आयोजना गरिने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिनुभयो । प्रदेश खेलकूद विकास परिषद्ले गत माघ ७ गते १३ जिल्ला खेलकूद विकास समितिको अध्यक्ष र सदस्य चयन गरेको थियो । खेलकूद समितिमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था छ । उनीहरुको पदावधि पाँच वर्षको हुनेछ ।

Advertisement

प्रतिक्रिया