वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता
विदुर खबर
२०७६ माघ २० गते १९:३८

नुवाकोट । वाग्मती प्रदेशसभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ ।
दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताउनुभयो । वाग्मती प्रदेशसभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने जनाइएको छ ।
प्रदेशसभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया