रसुवामा कोरोना भाइस नभेटिएको पुष्टि

विदुर खबर २०७६ माघ १८ गते १०:२३
रसुवा । जिल्लामा कोरोना भाइरसका संक्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्शक हरूले बताएका छन्।रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले नेपाल चीन छिमेकी देश बिचका नागरिक आवत जावत गर्ने सीमा क्षेत्र भएपनि रसुवा जिल्लामा कोरोना भाइरसका बिरामी हाल सम्म फेला नपरेको समुदाय माझ स्पस्ट पार्नु भयो।चिकित्शकको प्रमाणित बेगर अन्य कुनैपनि व्याक्तीले यो रोग र त्यो रोग भनी व्याख्या गर्नु गलत हुने हुँदा कोही कसैले गरेका टीका टिप्पणी एवं हल्लाको पछि नलाग्न रसुवावासी लाई आग्रह गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएकोछ।

उपचारको क्रममा अस्पताल आएका एक बिरामीको कोरोना भाइरसको आशंका भन्ने बिहिवार को हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरण युक्त काठमाडौं स्थित टेकु अस्पताल पठाइएको रसुवा अस्पतालले जनाएकोछ।उपचारार्थ आउने बिरामी मध्ये जटिल अवस्था भएकालाई परिक्षण उपकरण अभाव भएको अवस्थामा मात्र काठमाण्डौ रिफर गर्ने गरिएको र अन्यको उपचार स्थानीय अस्पतालमा उपचार भैरहेको रसुवा अस्पताल धुञ्चेले जनाएको छ।हिमपातको असरले रसुवामा चिसो बढीरहेका कारण ज्वरो तथा रूघाखोकी जस्ता समश्या बढ्न सक्ने भएकाले चिकित्शकको प्रमाणित बेगर त्रास फैलिने खालका हल्ला नगरी दिनु हुन सम्बद्व सबै पक्षसंग बिनम्रता पुर्वक आग्रह गरिएको समेत डा खरेलले बताउनु भयो।

Advertisement

हिमपातको असरले सडकमार्ग जोखिम व्यवस्थपन र चीनमा फैलिएको उक्त भाईरस सीमा क्षेत्रबाट एक आपसी सर्न नदिन यहि मंसिर १५ गते देखि १५ दिनका लागि चिनियाँ अधिकारीले रसुवागढी देखि केरूङ सम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवत जावतमा समेत रोक लगाई सकेको सीमा सुरक्षा अधिकारीले बताएका छन्। सीमा क्षेत्रका चिनियाँ अधिकारीले आवत जावतमा रोक लगाएपछि १५ गते देखि सवारी साधन र मानिसको आवत जावत पुरै रोकिएको र सामान खरिदका लागि मितेरीपुल पारि गढीवजार सम्म आउँ जाउँ भै रहेको बताइएकोछ।

चीन संगको सिमाना जोडिएको भएपनि रसुवामा भाइरसको शंका हाल सम्म नभेटीएको र जिल्लाबिपद् व्यवस्थापन समिति मार्फत रोग नियन्त्रका लागि सीमाक्षेत्रमै विभिन्न प्रयास भै रहेकोले हल्लाको पछि नलाग्न रसुवा वासी लाई आह गरिएको सहायक प्रजिअ सपनाकुमारी भटृराईले बताउनु भयो ।

Advertisement

भर्खरै प्राप्त जानकारी अनुसार रसुवा अस्पतालले रिफर गरि गए राती पठाएको बिरामीको समश्या परिक्षण गरि हेर्दा उनलाई कोनोरा भाइरस नभई दमको पुरानो समश्या ले ज्वरो तथा खोकी लागेको पाइएको स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण महाशाखाका सरूवा रोग बिषेशज्ञ डा. अनुप वास्तोलाले जानकारी दिनु भयो ।

प्रतिक्रिया